24.1 C
Kathmandu
Friday, July 26, 2024
spot_img

पर्वतका सडक कालोपत्रका लागि डिपिआर तयार

पर्वत । पर्वतका महाशिला गाउँपालिकाले मातहतका छ वटा मुख्य सडकको डिपिआर तयार गरेको छ।
गाउँपालिकाभित्र बाह्रैमास सडक सुविधा पुर्‍याउने उद्देश्यले सडक स्तरोन्नति तथा कालोपत्र गर्नका लागि छ वटा सडकको डिपिआर तयार गरेको हो।

पालिकाका सबै वडामा पुग्ने गरी ‘एक वडा, एक सडक’अन्तर्गत उक्त सडकको डिपिआर गरिएको गाउँपालिकाका प्रवक्ता जीवनविक्रम उच्चैले जानकारी दिए।

छ वटा वडामा पहुँच पुर्‍याउने गरी करिब ४८ किलोमिटर लामो सडकको डिपिआर गरिएको गाउँपालिकाका प्रवक्ता उच्चैले जानकारी दिए।

गाउँपालिकाले वडा नं १ होश्राङ्दीमा अगाहगडी– पैयुभञ्ज्याङ सडक, वडा नं २ भोक्सिङमा सालडाडा–खोलाखर्क–पाखुरेडाँडा सडक, वडा नं ३ बालाकोटमा हिरुखर्क–निगाली–दियालीडाँडा–बारेडाँडा सडकको डिपिआर सम्पन्न गरेको हो।

यसैगरी, वडा नं ४ पाखापानीमा लाम्तुन–दर्जीडाँडा–थापथर, वडा नं ५ लुङ्खुदेउरालीमा लुङ्खुदेउराली–बान्द्रे–धनुमासे–सेरा सडक र वडा नं ६ फलामखानीका लागि घण्टेदेउराली–फलामखानी–घन्तरी सडकको डिपिआर तयार गरेको प्रवक्ता ठकुरीले जानकारी दिए।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स