27.1 C
Kathmandu
Friday, September 22, 2023

गण्डकी प्रदेशमा महिला सम्बन्धी क्यान्सरको निःशुल्क उपचार हुने

पोखरा । गण्डकी प्रदेशमा महिला सम्बन्धी क्यान्सरको निःशुल्क उपचार हुने भएको छ । गण्डकीका प्रदेश नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले महिलाहरुको स्तन क्यान्सर, पाठेघरको मुखको क्यान्सर र पाठेघरको क्यान्सरको उपचार निःशुल्क गर्ने निर्णय गरेका छन् ।

एमालेका तर्फबाट मुख्यमन्त्री बनेका पृथ्वीसुब्बा गुरुङलाई अविश्वास प्रस्तावमार्फत पदमुक्त गरी पोखरेलले शनिबार मुख्यमन्त्रीको पद सम्हालेका हुन् । पदभार सम्हालेलगतै उनले उक्त निर्णय गरेका हुन् । मुख्यमन्त्री पोखरेलले मनसुन सुरु भएसँगै विपद्बाट हुनसक्ने धनजनको क्षति कम गर्न प्रतिकार्य योजना तयार पार्ने निर्णयसमेत गरेका छन् । यसअघि दोस्रो पटक मुख्यमन्त्री बनेका पृथ्वीसुब्बा गुरुङले स्वास्थ्य मन्त्रालयको जिम्मेवारीसमेत लिएका थिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स