26.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

चन्द्रागिरिमा अक्सिजन प्लान्ट,स्वास्थ्य मन्त्री भन्छन्ः आम नागरिकलाई खोप प्राथमिकतामा

काठमाडौँ । चन्द्रागिरि नगरपालिकामा नगरस्तरीय सामुदायिक भवनमा अक्सिजन प्लान्ट जडान गरीएको छ । चन्द्रागिरि नगरपालिकाको नगरस्तरीय सामुदायिक अस्पतालमा दैनिक ४० देखि ४८ ठूला अक्सिजन उत्पादन गर्नसक्ने प्लान्ट जडान भएको छ । ७४ लाखको लगानीमा निर्माण गरिएको अक्सिजन प्लान्ट मुनडप्स कम्पनीले जडान गरेको हो । बिनारसायन प्राकृतिक हावाबाट नै अक्सिजन उत्पादन हुने प्लान्ट नयाँ प्रविधिको रहेको कम्पनीको दाबी छ ।

जाडन गरीएको अक्सिजन प्लान्टको स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शेरबहादुर तामाङले उद्घाटन गर्नुभएको छ । उहाँले सबै नागरिकका लागि कोरोनाविरुद्धको खोप सुनिश्चित गरिने भएकाले त्यस समयसम्म सुरक्षित रहन आग्रह गर्नुभएको छ । मन्त्री तामाङले खोपको सुनिश्चितता नहुन्जेलसम्म सम्पूर्ण नागरिकलाई सुरक्षित रहन आग्रह गर्नुभयो ।
यस्तै, वाग्मती प्रदेशसभा सदस्य रमा आलेले पनि आगामी दिनमा अस्पताललाई आवश्यक उपकरण र भौतिक संरचनाका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । नगरपालिका वडा नं ८ का अध्यक्ष सन्तोष खड्काले पनि अब नगरपालिकावासीले अक्सिजन अभावमा ज्यान गुमाउनुपर्ने अवस्था नआउने बताउनुभयो ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स