27.1 C
Kathmandu
Tuesday, September 26, 2023

बागमती प्रदेश सरकारले आज नीति तथा कार्यक्रम सार्वजनिक गर्दै, के के छन् प्राथमिकतामा ?

मकवानपुर । बागमती प्रदेशसभामा आज बिहीबार प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७८-०७९ को नीति तथा कार्यक्रम प्रस्तुत हुँदैछ ।
बागमती प्रदेशका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले आज विहिबार दिउँसो ३ बजे बस्ने प्रदेशसभाको बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

कार्यव्यवस्था परामर्श समितिमा छलफल गरी आज बस्ने प्रदेशसभा बैठकमा प्रदेश प्रमुख प्रसाईले सरकारको तर्फबाट नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची तयार पारिएको प्रदेशसभा सचिवालयका प्रवक्ता विनोद अमात्यले जानकारी दिए । आज सार्वजनिक गरिने प्रदेश सरकारको नीति तथा कार्यक्रम मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरिसकेको छ ।

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा कोरोना संक्रमण नियन्त्रण र उपचारलाई उच्च प्राथमिकतामा राखेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेटौंडाले जनाएको छ ।

आज प्रदेशसभामा प्रस्तुत हुने नीति तथा कार्यक्रममा प्रदेश सरकारले स्वास्थ्य, शिक्षा र कृषि क्षेत्रमा प्राथमिकतामा राखेको जनाइएको छ ।

आगामी वर्षको नीति तथा कार्यक्रममा प्रदेश सरकारले प्रदेशका १३ जिल्लाका १ सय १९ वटै स्थानीय तहमा स्वास्थ्य बीमा, सामाजिक सुरक्षा भत्तामा हेरफेर, सबै विद्यालयमा एक विद्यालय एक नर्स कार्यक्रम, एक वडा एक स्वास्थ्य केन्द्र लगायतको कार्यक्रमलाई प्राथमिकता दिएको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स