24.1 C
Kathmandu
Monday, April 22, 2024
spot_img

ललितपुर महानगरद्धारा कोरोना प्रभावितलाई आर्थिक सहयोगको घोषणा

[the_ad id="4647"] [the_ad id="4648"] [the_ad id="4649"]

काठमाडौं । ललितपुर महानगरपालिकाले कोरोना प्रभावित व्यक्तिहरुलाई आर्थिक सहयोग गर्ने घोषणा गरेको छ । शुक्रबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै महानगरले अस्पताल भर्ना भएर कोरोनासंक्रमणमुक्त भएका व्यक्तिलाई रु २५ हजार आर्थिक सहयोग गर्ने घोषणा गरेको हो ।

आईसीयू वा भेन्टिलेटरमा रही उपचार गरेर निको भएकालाई रु ५० हजार प्रदान गरिने महानगरका प्रमुख चिरीबाबु महर्जनले जानकारी दिनुभयो । उहाँका अनुसार कोरोनाको दोश्रो महामारी सुरु भएपछि कोरोना संक्रमित ज्यान गुमाउनु परेका व्यक्तिका परिवारलाई रु १ लाख रुपैया सहयोग प्रदान गर्ने निर्णय भएको छ ।

उक्त सहयोग महानगरभित्रका स्थायी बसोवास गरेका नागरिकलाई प्रदान गरिन महर्जनले जानकारी दिनुभयो । त्यस्तै महानगरले प्रत्येक वडामा पीसीआर र एन्टिजेन परीक्षणको व्यवस्था गरेको तथा विभिन्न स्थानमा आइसोलेशन पनि सञ्चालनमा ल्याइएको महानगरले जनाएको छ ।

महर्जनले निषेधाज्ञाका कारण समस्यामा परेका नागरिकको सहयोगमा पनि महानगर जुटेको उल्लेख गर्नुभयो । उहाँले कोरोना नियन्त्रणका लागि सरकारले जारी गरेको मापदण्ड पाालना गर्न पनि आग्रह गर्नुभयो ।

 

[the_ad id="4652"] [the_ad id="4657"] [the_ad id="4660"]

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

[the_ad id="3905"] [the_ad id="3907"] [the_ad id="3908"] [the_ad id="3909"] [the_ad id="3910"] [the_ad id="3911"]

हेडलाइन्स