29.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

ललितपुर महानगरले पाटन दरबार क्षेत्रमा पर्यटकका लागि स्मार्ट शौचालय बनाउने

काठमाडौँ । ललितपुर महानगरले पाटन दरबार क्षेत्रमा पर्यटकका लागि स्मार्ट शौचालय निर्माण सुरु गरेको छ । बुधबार महानगर प्रमुख चिरीबाबु महर्जनले शौचालयको शिलान्यास गरेका हुन्। उक्त शौचालयमामा स्तनपान कक्ष समेत रहने ललितपुर महानगरका पूर्वाधार महाशाखा प्रमुख तथा वरिष्ठ इन्जिनियर श्रीकुमार महर्जनले जानकारी दिए।

यो शौचालय पुरातात्विक शैलीमा निर्माण गरिने बताउँदै उनले भने,‘शौचालयको एक कर्नरमा स्तनपान कक्ष राख्छौं।’ ६ महिनाभित्र निर्माण सम्पन्न हुनेगरी महानगरले बनाउन लागेको शौचालय अपांगता र ज्येष्ठ नागरिकमैत्री समेत हुने महर्जनले जानकारी दिए।

महानगर प्रमुख चिरीबाबु महर्जनले महानगरका प्रत्येक वडामा स्मार्ट शौचालय निर्माणको योजना अघि बढेको बताए । ९ वटा स्मार्ट सार्वजनिक शौचालय निर्माणका लागि टेण्डर आव्हान भइसकेको छ, उनले भने। बाँकी वडामा पनि क्रमशः निर्माण हुने उनले बताए ।

शौचालय एक हजार ६६ वर्ग फिट क्षेत्रफलमा निर्माण हुनेछ । ६ वटा युरेनलसहितको ३ पुरुष शौचालय र ६ वटा महिला शौचालय निर्माण हुनेछ । त्यसैगरी एउटा अपाङगतामैत्री शौचालय पनि निर्माण हुने उनले बताए । पर्यटकका लागि शौचालय निर्माण भएको यो पहिलो शौचालय भएको महानगरको दाबी छ।

शौचालय निर्माणको जिम्मा पिपिएण्डपी सिर्जनशील जेभीले पाएको छ । महानगर प्रमुख महर्जनले पाटन दरबार क्षेत्रमा अहिले भएका शौचालयहरु यो निर्माण भएपछि भत्काउने बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स