29.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

उपत्यकासहित वाग्मती प्रदेशमा सार्वजनिक सवारीको भाडादर घट्यो

काठमाडौँ । वाग्मती प्रदेशअन्तर्गत श्रम रोजगार तथा यातायात मन्त्रालयले उपत्यकासहित वाग्मती प्रदेशमा चल्ने सार्वजनिक सवारीको भाडा घटाएको छ । पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएसँगै २०७९ साउन ५ देखि बढाइएको भाडा अहिले पेट्रोलियम पदार्थको मूल्य घटेपछि भाडादर पनि घटाइएको हो ।

प्रदेश भाडा निर्धारणरसामायोजन तथा विद्युतीय भाडा भुक्तानी नियमावली,२०७८ को नियम ६ को उप नियम (२) ले दिएको अधिकार प्रयोग गर्दै भाडा घटाइएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार २०८० जेठ ८ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार आज (शुक्रबार) देखि लागू हुनेगरी दूरीअनुसार नयाँ भाडादर कायम गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले आज राजपत्रमा सूचना प्रकाशित गर्दै नयाँ भाडादर कायम भएको उल्लेख गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स