26.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

३ दिनभित्र सिंहदरबारको फोहोर उठाउन काठमाडौं महानगरलाई सर्वाेच्चको आदेश

काठमाडौं । काठमाडौं महानरपालिकाका प्रमुख  बालेन्द्र शाहले सिंहदरबारभित्रका फोहोर संकलन नगर्ने अडान लिए पनि सर्वोच्च अदालतले सिंहदरबारका फोहोर उठाउन आदेश दिएको छ ।

न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले सिंहदरबार, राष्ट्रपति कार्यालयको फोहोर उठाउन काठमाडौं महानगरलाई आदेश दिएको हो ।

अधिवक्ता पदमबहादुर श्रेष्ठले मेयर बालेनले सिंहदरबारको फोहोर नउठाउने अडान लिएपछि महानगरविरुद्ध रिट दायर गरेका थिए ।

आदेशमा भनिएको छ, ‘रिट निवेदकले उल्लेख गरेको स्थानको फोहोरहरु यो आदेश प्राप्त भएको मितिले ३ दिनभित्र संकलन गरी उठाई विसर्जनसमेत अविलम्ब गर्नू, गराउनू भनी काठमाडौं महानगरपालिकाको नाउमा सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ (२) (क) बमोजिम अन्तरिम आदेश जारी गरिदिएको छ ।’

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स