29.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

कच्चा तेलको उत्पादन घटाउने ओपेकको निर्णय

काठमाडौं । कच्चा तेलको मूल्यमा भइरहेको गिरावट रोक्ने उद्देश्यले ओपेक देशहरुले उत्पादन कटौती गर्ने निर्णय गरेका छन् ।

बीबीसीका अनुसार साउदी अरबसहित तेल निर्यात गर्ने देशहरुको संगठन ९ओपेक०ले प्रतिदिन ११ लाख ब्यारेलभन्दा बढी तेल उत्पादन घटाउने निर्णय गरेको हो । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा स्थीरता ल्याउन उत्पादन कटौती गर्ने निर्णय गरिएको उनीहरुको भनाइ छ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार यसअघि तेल उत्पादक देशहरुको संगठन ओपेकले २० लाख ब्यारेल तेल उत्पादन कटौती गर्ने अनुमान गरिएको थियो । तर ओपेक देशका मन्त्रीहरुको भर्चुअल बैठकमा प्रतिदिन ११।५० लाख ब्यारेल तेल उत्पादन घटाउने सहमति बनेको बीबीसीमा उल्लेख छ । भर्चुअल बैठकमा साउदी अरब र रुसका मन्त्रीहरु पनि सहभागी थिए ।

साउदी प्रेस एजेन्सीका अनुसार साउदी अरबले मे २०२३ देखि यस वर्षको अन्तिमसम्ममा कच्चा तेलको उत्पादनमा हरेक दिन पाँच लाख ब्यारेल तेल उत्पादनमा कटौती गर्नेछ ।

यसैगरी रुसले पनि प्रतिदिन पाँच लाख ब्यारेल, साउदी अरबले १ लाख ४४ हजार ब्यारेल र ओमानले ४० हजार ब्यारेल तेल उत्पादन कटौती गर्नेछन्। सिलिकन भ्याली बैंक र क्रेडिट सुइस बैंकको वित्तीय संकटका कारण वित्त बजारमा उथलपुथल आएसँगै कच्चा तेलको माग पनि घटेको थियो । माग घटेसँगै मूल्य पनि प्रतिब्यारेल ७५ डलरमा झरेको थियो । यद्यपि केही दिनयता स्थिति सुध्रिएको छ र कच्चा तेलको मूल्य प्रतिब्यारेल ८० डलर आसपास पुगेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स