24.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

हरिवन नगरपालिका ७ मा पुनःमतगणना गर्न उच्च अदालतको आदेश

सर्लाही । सर्लाहीको हरिवन नगरपालिका–७ को वडाध्यक्षको मत पुनःगणना गर्न उच्च अदालत जनकपुरले आदेश दिएको छ । हरिवन नगरपालिका–७ का वडा अध्यक्षमा यसअघिको मतगणनालाई रद्द गरी पुनः मतगणना गर्न उच्च अदालत जनकपुरले आदेश दिएको हो ।

उच्च अदालत जनकपुरका न्यायाधिशद्वय भोजराज अधिकारी र रेखा थापा (पाण्डे) को संयुक्त इजलासले पुनः मतगणनाका लागि आदेश दिएको उच्च अदालत जनकपुरका रजिष्ट्रार खड्गराज अधिकारीले जानकारी दिनुभयो ।

गत वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षमा नेकपा (एमाले) का नीरध्वज कार्की निर्वाचित हुनुभएको थियो । निर्वाचन अधिकृतको कार्यालयको गणनाअनुसार कार्कीले तीन सय ७९ मत ल्याउनुभएको थियो भने उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका टीकाजङ्ग थापा ९अशोक०ले तीन सय ७८ मत प्राप्त गर्नुभएको थियो ।

कांग्रेसका थापाले तत्कालै पुनःमतगणनाको अन्तरिम आदेश जारीको मागसहित रिट दायर गर्नुभएको थियो । वडा अध्यक्षका रुपमा हाल कार्की कार्यरत हुनुहुन्छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स