26.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

अतिक्रमण गरेर बनाइएका संरचना ३५ दिनभित्र हटाऊन उपत्यका विकास प्राधिकरणको निर्देशन

काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधिकरणले जग्गा अतिक्रमण गरेर बनाइएका सबै संरचना ३५ दिनभित्र हटाउन भनेको छ । प्राधिकरणले बुधबार एक सूचना जारी गर्दै काठमाडौं उपत्यका भित्रका सरकारी, पर्ति, ऐलानी तथा खोलाको मापदण्ड बमोजिमका जग्गालाई अतिक्रमण गरी निर्माण गरिएका अनाधिकृत संरचना ३५ दिनभित्र खाली गर्न आह्वान गरेको हो।

उपत्यकामा योजनाबद्ध भौतिक विकासका लागि आधारभूत मापदण्ड तय गर्न काठमाडौँ उपत्यका विकास प्राधिकरण ऐन, २०४५ को दफा ३ बमोजिम काठमाडौं उपत्यका विकास प्राधिकरण स्थापना भएको सूचनामा उल्लेख गरिएको छ ।

नायक विकास आयुक्तबाट जारी सूचनामा भनिएको छ, ‘उपत्यकाका नगरहरुको पुनर्निर्माण, विकास र विस्तार मार्फत काठमाडौं उपत्यकालाई व्यवस्थित गर्ने उद्देश्यका साथ उपत्यकामा योजनावद्ध भौतिक विकासका लागि आधारभूत मापदण्ड तय गर्न काठमाडौं उपत्यका विकास प्राधिकरण ऐन, २०४५ को दफा ३ बमोजिम काठमाडौं उपत्यका विकास प्राधिकरणको स्थापना भएको र उक्त मापदण्डको कार्यान्वयन सम्बन्धमा नियमित, नियन्त्रण र निषेध गर्ने अधिकार काठमाडौं उपत्यका विकास प्राधिकरण ऐन, २०४५ को दफा ८ बमोजिम यस प्राधिकरणमा रहेकाले काठमाडौं उपत्यका भित्रका सरकारी, पर्ति, ऐलानी तथा खोलाको मापदण्ड बमोजिमका जग्गालाई अतिक्रमण गरी निर्माण गरिएका अनाधिकृत संरचना ३५ दिनभित्र खाली गरी सो को जानकारी यस प्राधिकरणलाई गराउन यो सूचना प्रकाशन गरिएको छ । ’

नहटाएको खण्डमा अतिक्रमण गरी निर्माण गरिएका संरचना प्राधिकरणले हटाउँदा वा भत्काउँदा लागेको लागत सम्बन्धित व्यक्ति वा संस्थाबाट असुल उपर गरिने चेतावनी दिएको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स