24.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

मतदाता शिक्षा प्रभावकारी नहुँदा बदर मत बढ्यो

नुवाकोट । मंसिर ४ गते सम्पन्न आमनिर्वाचनमा नुवाकोटमा करीब ७ प्रतिशत मत बदर भएको छ । प्रतिनिधिसभा र प्रदेशसभातर्फ जिल्लामा प्रत्यक्ष र समानुपातिकमा १ लाख ३० हजार १०१ मत खसेको थियो । ती मतगणनाका क्रममा ८ हजार ९१९ मत बदर भएको जिल्ला निर्वाचन अधिकारी जयप्रसाद गौतमले जानकारी दिए ।

उनका अनुसार १ लाख २१ हजार १८२ मत सदर कायम गरेर गणना गरिएको हो । खसेको मतमा बदर मत ६ दशमलव ८५ प्रतिशत रहेको छ । नुवाकोटमा प्रतिनिधि सभाको प्रत्यक्षतर्फ क्षेत्र नम्बर १ मा ६३ हजार ५८६ मतगणना गर्दा ३ हजार ५६५ मत बदर भएको थियो भने क्षेत्र नम्बर २ मा ६६ हजार ११९ मतगणना गर्दा ६ हजार ११९ मत बदर गरिएको छ ।

प्रतिनिधि सभाको समानुपातिकतर्फ क्षेत्र नम्बर १ मा ६२ हजार १३२ मतगणना गर्दा २ हजार ९९९ र क्षेत्र नम्बर २ मा ६६ हजार ८५३ मत गणना हुँदा ३ हजार १४४ मत बदर भएको निर्वाचन अधिकृत गौतमले जानकारी दिए ।

उनका अनुसार प्रदेशतर्फ क्षेत्र नम्बर १ को प्रदेशसभा ९१० मा प्रत्यक्षतर्फ ३१ हजार १०७ मा १ हजार १४२ र प्रदेशसभा ९२० मा ३२ हजार २५७ मा १ हजार ५५७ मत बदर छ । क्षेत्र नम्बर २ को प्रदेशसभा ९१० मा ३३ हजार ८८९ मतमा १ हजार ८१९ र प्रदेशसभा ९२० मा ३० हजार ८४९ मतमा १ हजार २८० मत बदर भएको छ ।

प्रदेशसभाको समानुपतिकतर्फ क्षेत्र नम्बर १ मा ६४ हजार १५१ मतगणना हुँदा ४ हजार १६६ र क्षेत्र नम्बर २ मा ६५ हजार ९५० मतगणनामा ४ हजार ७५३ मत बदर भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स