26.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

छठ पर्वको अवसरमा प्रदेश १ र मधेसमा आज सार्वजनिक बिदा

काठमाडौं । छठका अवसरमा मधेस प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ। छठको अन्तिम दिन मधेस सरकारले सार्वजनिक बिदा दिएको हो।

केन्द्रीय सरकारले छठको तेस्रो दिन अर्थात् अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिने दिन मात्रै बिदा दिएपछि प्रदेश सरकारले छठको अन्तिम दिनमा प्रदेशभर बिदा दिने निर्णय गरेको छ। मुख्यमन्त्री लालबाबु राउतले छठ पर्वका अवसरमा शुभकामना व्यक्त गर्दै प्रदेशमा सोमबार सार्वजनिक बिदा रहेको जानकारी दिए।

यस्तै १ नम्बर प्रदेश सरकारले पनि आज सार्वजनिक बिदा दिएको छ । संघीय सरकारले छठको उपलक्ष्यमा हिजो मुलुकभर सार्वजनिक बिदा दिएको थियो ।

गत सोमबारदेखि तिहारको उपलक्ष्यमा देशको सरकारी काम काज ठप्प थियो । अन्य प्रदेशमा भने आजदेखि सरकारी कार्यालय खुलेको छ । मधेश र प्रदेश नम्बर १ मा मात्रै भोलि मात्र कार्यालय खुल्ने भएको हो ।

छठमा आइतबार अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएको छ। बर्तालुहरूले जलाशयमा पुगेर अस्ताउँदो सूर्यको आराधना गरेका छन्। छठमा सूर्यदेवको उपासना गरिन्छ। निर्जल र निराहार व्रत बसेका बर्तालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका हुन्।

अर्घ्य दिँदै गर्दा बर्तालुहरूले सूर्यलाई आफ्नो मनोकाङ्क्षा सुनाउँछन् र पूरा गरिदिन आग्रह गर्छन्। यस दिनलार्ई ‘सौँझकारक’ पनि भनिन्छ। आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व सकिनेछ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स