23.1 C
Kathmandu
Monday, June 17, 2024
spot_img

मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्दै निर्वाचन आयोग

[the_ad id="4647"] [the_ad id="4648"] [the_ad id="4649"]

काठमाडौं । निर्वाचन आयोगले यही कात्तिक १८ गतेदेखि देशभर मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने भएको छ । स्थानीय तहसँगको सहकार्यमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बताए ।

आगामी मंसिर ४ मा हुन लागेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा मतदाताको सहभागिता बढाउन र मत बदर हुन नदिन आयोगले मतदाता शिक्षा कार्यक्रम सुरु गर्न लागेको हो ।

आयोगले मतदाता शिक्षा कार्यक्रम एक करोड ८० लाख मतदातासम्म पुर्‍याउन प्रत्येक वडामा एउटा स्वयंसेवक परिचालन गर्न लागेको अर्यालले बताए । मतदान गर्ने तरिका, मतपत्र मत पेटिकामा खसाल्ने, मतदान केन्द्रसम्म पुग्नेलगायत विषयमा स्वयंसेवकले जानकारी दिने बताइएको छ ।

[the_ad id="4652"] [the_ad id="4657"] [the_ad id="4660"]

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

[the_ad id="3905"] [the_ad id="3907"] [the_ad id="3908"] [the_ad id="3909"] [the_ad id="3910"] [the_ad id="3911"]

हेडलाइन्स