29.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

तिहार नजिकिएसँगै भक्तपुरका प्रजापति समुदाय दियो र पाला बनाउन ब्यस्त

भक्तपुर । कात्तिकको पहिलो हप्तादेखि सुरु हुने तिहारको तयारीमा भक्तपुरका प्रजापति समुदाय लागिसकेका छन् । तिहारको समयमा प्रयोग हुने माटोको दियो र पाला बनाउन अहिले यहाँका प्रजापति समुदाय खटिइरहेका छन् ।

भक्तपुरकै अन्य स्थान बोलाछेँ, ठिमी, ब्यासीमा पनि माटोको भाँडा बनाइने भए पनि सम्पदा सूचीमा सूचीकृत भक्तपुर दरबार क्षेत्रमा पर्ने पोटरी स्क्वायरमा मानिसहरू पुग्ने गरेका छन् । तिहारका लागि अधिक माग हुने दियो र पाला बनाउनलाई अहिले यहाँका कुमालेहरू निकै व्यस्त छन् ।

उनीहरूका अनुसार एक जनाले तिहारको समयमा पाला बनाएर ५० देखि ६० हजार रुपैयाँसम्म कमाउन सक्छन् । त्यसैले उनीहरूको ध्यान दियो र पाला बनाउन मै केन्द्रित हुने गरेको छ ।

तिहारको समयमा माटाका पालाको व्यापार धेरै हुने गरेको छ । त्यसबाहेक पनि अम्बरा, धुपौरो, गमला, सुराई, कालिञ्चा, खुत्रुके लगायतका सामानको माग पनि बढी नै हुनेगर्छ । माटाको भाँडाको माग घटेको भन्दापनि माटो नपाउने समस्या ठूलो भएको कुमालेहरू बताउँछन् । भुक्तपुरका अधिकांश क्षेत्रमा घना वस्ती बसेसँगै माटो नपाउने समस्या आएको हो ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स