24.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

नगरपालिकाबाट समयमा भुक्तानी नपाउँदा उपभोक्ता मारमा

दाङ । दाङको लमही नगरपालिकाबाट गत आर्थिक वर्ष २०७९/८० मा सम्पन्न भएका योजनाको रकम भुक्तानी नहुँदा उपभोक्ता समस्यामा परेका छन्।

टोल विकास संस्थाको तर्फबाट निर्माण कार्य गरेका झन्डै दुई सय योजनाको रकम भुक्तानी गर्न बाँकी छ। लमही नगरपालिकाले नगरभित्रका उपभोक्ताले कार्य सम्पन्न गरेका विभिन्न योजनाको नौ करोड ५० लाखभन्दा बढी रकम भुक्तानी गर्न बाँकी छ।

भुक्तानी गर्न बाँकी योजनाको फाइल हेर्दा ठेक्का प्रक्रियाभन्दा टोल विकास संस्थामार्फत उपभोक्ताले गरेका योजनाका फाइल बढी भेटिएका छन्। लमही नगरपालिका–६ सञ्चार टोल विकास संस्थाका सचिव हरिराज धितालले आफूहरूले समयमै काम सम्पन्न गरे पनि भुक्तानी नपाएको गुनासो गर्नुभयो। उहाँले भन्नुभयो, “उपभोक्ता आफैँले लगानी गरेर योजना सम्पन्न गरे पनि स्थानीय तहबाट रकम पाएका छैनौँ।’’ स्थानीय सरकारबाट योजनाको रकम भुक्तानीमा केन्द्रीय नियन्त्रण प्रणाली छ

। सार्वजनिक उत्तरदायित्व नियमावलीअन्तर्गत प्रत्येक आर्थिक वर्षको रकम असार २५ गतेसम्म भुक्तानी गर्नुपर्ने भए पनि सो अवधिभित्र काम नहुँदा भुक्तानी रोकिएको बताइन्छ। लमही नगरपालिकमा गत आर्थिक वर्षसम्म प्रमुख प्रशासकीय अधिकृतका रूपमा गेहेन्द्रबहादुर डाँगी कार्यरत हुनुहुन्थ्यो। चालू आर्थिक वर्षमा खाता सञ्चालन भएको सुरुवाती चरणमै उपभोक्ताको रकम भुक्तानी गर्ने योजनामा रहनुभएका डाँगीको सरुवा भएपछि भुक्तानी प्रक्रियामा विलम्ब भएको पालिकाले जनाएको छ।

हालका प्रमुख प्रशासकीय अधिकृत देवेन्द्रप्रसाद श्रेष्ठले उपभोक्तालाई सास्ती नदिई काम गर्ने र प्रक्रिया पुगेका योजनाको भुक्तानी प्रक्रिया अघि बढाइने बताउनुभयो।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स