29.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

अल्फाबिटा ग्रूपका निर्देशक शर्मा काठमाडौँ क्षेत्र नं १ बाट उम्मेदवार सिफारिस

काठमाडौं । काठमाडौं महानगरपालिकाको अभियानलाई साथ दिने घोषणा गर्नुभएका अल्फाबिटा ग्रूपका निर्देशक द्विराज शर्मा शिवाकोटी आगामी मङ्सिर ४ गते हुने संघिय संसदको चुनावका लागि काठमाडौँको क्षेत्र नं १ बाट सिफारिस हुनुभएको छ । नेकपा एमाले काठमाडौँ क्षेत्र नं १ को क्षेत्रीय कमिटिले शर्मालाई उम्मेदवार चयन गर्न पार्टी केन्द्रमा सिफारिस गरेको हो ।

एमाले पार्टीभित्र रहेर सकृय रूपमा काम गरिरहनुभएका शर्मा युवा व्यवसायी हुनुहुन्छ । विगत २५ वर्षदेखि शिक्षा, स्वास्थ्य,कृषि, उर्जा लगाएत विभिन्न व्यवसायिक क्षेत्रमा सक्रिय हुनुहुन्छ भने हाल नेपाल उद्योग परिषंघ र अन्य व्यवसायिक छाता संगठनहरुमा आवद्द भै नेतृत्वदायी भूमिका निर्वाह गरिरहनुभएको छ ।

विशेष गरि आफु शैक्षिक क्षेत्रमा अमेरिका, क्यानडा अस्ट्रेलिया, युरोप, अमेरिका, बेलायत, चीन र भारत लगाएतका मुलुकहरुले अवलम्बन गरेका नीति तथा प्रणालीका बारेमा जानकार रहको शर्माले बताउनभयो । नेपालले समयसापेक्ष अपनाउनु पर्ने शैक्षिक नीतिगत प्रणाली र यँहाको शिक्षालाई विश्वस्तरीय बनाउन लिनुपर्ने कदमहरुको योजनासहित राज्यको निति निर्माणमा जान लागेको उहाँको भनाई छ ।

काठमाडौं महानगरको पक्षमा छौँ : द्विराज शर्मा
अल्फाबिटा ग्रूपले काठमाडौं महानगरपालिकाको अभियानलाई साथ दिने बताएको छ । महानगरपालिकाको निर्देशनअनुसार आफ्ना संरचनागत सुधार गर्ने प्रतिवद्धता जनाउँदै ग्रूपका निर्देशक द्विराज शर्माले महानगर प्रमुख बालेन्द्र शाहको अभियानलाई साथ दिने बताउनुभएको हो ।

यस्तै शर्माले कानूनविपरीत हुने कुनै पनि कार्य हालसम्म पनि नगरेको र आगामी दिनमा पनि नगर्ने प्रतिबद्धता जनाउनुभएको छ । महानगरले अल्फाबिटा कम्प्लेक्समा डोजर लगाउको प्रशंग जोड्दै शर्माले सुरुवातमा केहि असमझदारीका कारण फरक स्थिती उत्पन्न हुन पुगेको र पछि समस्या समाधान भएको बताउनुभयो

व्यवसायिक प्रयोजनका हिसाबले भुँई तला भनेर नक्सा पास भएको भए पनि अब आफ्नै प्रयोजनका निम्ती पार्किङ फ्लोर नै बनाउने तयारी अल्फाबिटाले गरेको छ । महानगरले सडक विभागसँग समन्वय गरेर मुलबाटोसँग पहुँच दिए, अब अल्फाबिटाको भुँई फ्लोरलाई पार्किङमा परिणत गरिने भएको छ ।

शर्मा बहुचर्चित झापा बिद्रोहका अभियन्ता शिव प्रसाद शिवाकोटीका सुपुत्र हुन्। । शिव प्रसाद शिवाकोटी, रामनाथ दाहाल, के पि शर्मा ओली लगायतका हस्तीहरुले झापा विद्रोह गरेको र तत्कालिन राज्यको नियन्त्रणका कारण शिवाकोटी परिवारले निर्वाशित जीवन जिउनु परेको र सम्पत्ति राष्ट्रियकरण गरिएको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स