24.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

महानगरको आँखा असनको फुटपाथमा, खाली गराउन थालियो

काठमाडौं । काठमाडौं महानगरपालिकाले असन क्षेत्रका फुटपाथको व्यापार हटाउन थालेको छ । इन्द्रचोक क्षेत्रमा पछिल्लो समय अव्यवस्थित रुपमा सञ्चालनमा भइरहेको पार्किङ, मन्दिर वरिपरिको व्यवसाय हटाइरहेको महानगरले आजदेखि फुटपाथमा राखिका पसलहरु पनि हटाउन सुरु गरेको हो ।

काठमाडौं महानगरको नगर प्रहरी प्रमुख राजु पाण्डेका अनुसार इन्द्रचोकदेखि असन क्षेत्रको फुटपाथ खाली गराउन थालिएको बताए । असन क्षेत्रमा हिँड्ने मान्छेका लागि फुटपाथमा राखेका भाँडाकुँडा, क्रिष्टलका सामग्रीहरु, खेलौना पसल, फेन्सीका सामान, माटाका सामग्रीहरु भोलि बिहानसम्म हटाउन निर्देशन दिएको पाण्डेले बताए ।

‘सडकपेटीसम्म राखेका केही सामग्री अहिले नै हटाएका छौं । भोलिसम्म नहटाए हाम्रो गाडी गएर उठाउँछ, अहिले असनका व्यापारीहरुलाई माइकिङ गरेर हटाउन आग्रह गरेका छौं,’ पाण्डेले भने । असनका साँघुरा गल्लीका दुबैतिरको फुटपाथमै पसल थापेपछि यात्रुहरुलाई आउजाउ गर्न समस्या हुने गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स