25.1 C
Kathmandu
Monday, May 27, 2024
spot_img

सुदूरपश्चिममा गौरापर्व सुरू, आज बिरुडा भिजाइने

[the_ad id="4647"] [the_ad id="4648"] [the_ad id="4649"]

बैतडी । सुदूरपश्चिमेलीहरुको महान पर्व गौरा बिहीबारदेखि सुरु भएको छ । बिहीबार पञ्चमीका दिनदेखि गौरा पर्व सुरु भएको हो । विवाहित महिलाहरुले बिहानै स्नान गरी घरघरमा बिरुडा राखिसकेका छन् । घरको एक कोठामा लिपपोत गरी तामा र पितलका भाँडाको बाहिरपट्टि पाँच ठाउँमा गाईको गोबर र दुबो लगाई टीका र अक्षताले सिङ्गारेर पञ्चअन्न गहुँ, मास, गहत, गुरौस र केराउ भिजाएर राख्ने गर्दछन् । जसलाई बिरुडा भिजाएको भनिन्छ । गौरा सुदूरपश्चिम क्षेत्रको महत्वपूर्ण धार्मिक एवं सांस्कृतिक पर्व हो ।

गौरा पर्वको पहिलो दिन महिलाहरूले निराहार वर्त रही आ–आफ्नो घरमा तामा वा पित्तलको भाँडोमा “बिरुडा” अर्थात् पाँचथरीका गेडागुडी भिजाउने गर्छन्। महादेव वर पाउन देवी पार्वतीले गरेको कठोर तपस्या र व्रतको सम्झना गर्दै सुदूरपश्चिममा पौराणिककालदेखि गौरा मनाइँदै आएको धर्म संस्कृतिका जानकार हरिप्रशाद जोशीले बताए । विगत ३ वर्षदेखि कोरोनाले प्रभावित बन्दै आएको गौरा यस वर्ष चहलपहल बढेको छ । विदेशिएका दाजुभाहरु पनि गौराका लागि घर फर्किसकेका छन् ।

गौराको पहिलो दिन पञ्चमी तिथि
भाद्र सुक्ल पक्षको पञ्चमी तिथिदेखिनै गौरा पर्व प्रारम्भ भएको मानिन्छ । शुक्रबारदेखि सुरु भएको छ । सुदूरपश्चिम प्रदेशको सबैभन्दा महत्वपूर्ण पर्वको रुपमा मानिने गौरा पर्व भाद्र सुक्ल पञ्चमीको दिन तामाको भाडामा गहुत, मास, गहु गुरौस र केराउ पाँच अन्न मिसाएर महिलाले फाग गाउँदै भिजाउने गर्दछन् । ति भिजाएको ५ अन्नलाई बिरुडा भनिन्छ ।

दोस्रो दिन सूर्य सष्टी
पञ्चमिको दास्रो दिन सुर्य सष्टी पर्दछ । त्यसदिन पञ्चमिको दिन भिजाएको बिरुडालाई नजिककैको पानीको न्वाला ९पँधेरी०मा लगेर फाग गाउँदै धुने चलन रहेको छ । बिरुडा सफा गरिसकेपछि सबैले एउटै ठाउँमा देव घरमा राख्ने चलन पनि रहेको छ ।

तेस्रो दिन सप्तमी तिथि
गौरा पर्वको तेस्रो दिन सप्तमी तिथि पर्दछ । सप्तमीको दिन साँझको समयमा दिनभरि उपासना बसेका महिला नुहाइ धुवाइ गरेर देव घरमा जम्मा हुने गर्दछन् । यस दिन देवघरमा पवित्र मानिएको पिपल जामुन, पङ्यिो, आँप, औलोका स्याउलालाई एक ठाउमा जम्मा गरी कलस स्थापन गरिन्छ । जसलाई स्थानीय भाषामा पञ्चबल्लव पनि भन्ने गरिन्छ । यो पञ्चबल्लवसँगै सौ,बल, धान, गोरेफल मिलाएर एउटा गोरा देविको मूर्ति बनाइन्छ त्यो मूर्तिलाई गौरा देवीको संज्ञा दिइन्छ । गौरा सँगसँगै एउटा काठको मूर्ति पनि बनाइन्छ जसलाई महेश्वरको संज्ञा दिइन्छ । गौराको र महेश्वरको मूर्तिमा विवाहित महिलाले घाँटीमा लगाउने पहेलो र रातो रंगको दुवधागो झुन्ड्याइएको हुन्छ । सोहि दिन साँझ सबै महिला पूजा आज गरी अस्टमी अर्थात् भोलिको दिन गौरा पर्वको महत्वपूर्ण दिनको तयारी गर्ने गर्छन् ।

पाँचौ दिन अष्टमी तिथि अर्थात् अठेवाली
गौरा पर्वको महत्वपूर्ण दिन हो अस्टमी अर्थात् अठेवाली । यसदिन उपासना बसेका विवाहित महिलाले देवघरबाट गौरा निकालेर गोराखला ९गोरा खेलाउने स्थल० मा लिएर जान्छन् । महिला यसदिन समयमा गौरा देवी र महेश्वरको मूर्तिलाई पूजा आजा गरी अस्टमीको दिन गाइने अठेवाली गीत गाउँने गर्दछन् ।

पुरुषहरुले दमाहा बजाउने, देवताको थानमा पूजाआजा गर्ने र देउडा खेल्ने गर्दछन् । महिलाले पुजाआजासँगै अठेवाली गाइसकेपछि बिरुडाले आफन्तजन, श्रीमान, छोराछोरीको शीरमा चढाउने गर्दछन् । त्यसैदिनदेखि एक हप्तादेखि १० दिनसम्म गौरा पर्व पूजापाठसँगै देउडा खेलेर यो पर्व मनाइन्छ ।

छैठौं दिन गौरा सेलाउने
ठाउँ अनुसार गौर पर्व फरक फरक दिन बिर्सजन गरिन्छ जस्लाई गौरा सेलाउने भनिन्छ । यसदिन बाजागाजाका साथ सजाएर राखेको गौराको मूर्तिलाई जंगलको पवित्र रुखमुनि पूजाआजासहित बिर्सजन गरिन्छ । यस दिनलाई नै गौरा सेलाउने भनिन्छ ।

[the_ad id="4652"] [the_ad id="4657"] [the_ad id="4660"]

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

[the_ad id="3905"] [the_ad id="3907"] [the_ad id="3908"] [the_ad id="3909"] [the_ad id="3910"] [the_ad id="3911"]

हेडलाइन्स