29.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

काठमाडौं फनपार्कलाई कर तिर्न कामपाको २४ घण्टे अल्टिमेटम (सुचनासहित)

काठमाडौं । महानगरपालिकाले भृकुटीमण्डपमा रहेको काठमाडौं फनपार्कलाई कर तिर्न २४ घण्टे अल्टिमेटम दिएको छ । महानगरपालिकाले बुधबार काठमाडौं फनपार्कलाई पत्र लेखेर काठमाडौं महानगरपालिकालाई बुझाउन बाँकी रहेको व्यवसाय कर, बहाल कर, विज्ञापन तथा मनोरञ्जन कर पत्र प्राप्त भएको मितिले २४ घण्टा भित्र बुझाउन भनिएको छ ।

फनपार्कले दशौं वर्षदेखि कर नतिरी व्यवसाय सञ्चालन गर्दै आएको महानगरको पत्रमा उल्लेख छ । ‘व्यवसाय कर र बहाल कर सम्बन्धित वडा कार्यालयमा र विज्ञापन कर तथा मनोरञ्जन कर महानगरपालिकाको राजश्व विभागमा गइ पत्र प्राप्त भएको मितिले २४ घण्टा भित्र सम्पूर्ण बाँकी रकम र सोको लाग्ने जरिवाना समोत दाखिला गर्न अनुरोध छ’, पत्रमा भनिएको छ ।

तोकिएको समयमा कर नबुझाएमा फनपार्कमा शिलबन्दी गरी तिर्नुपर्ने राजश्व सरकारी बाँकी सरह असुल उपर गरिने महानगरपालिकाका विभागीय प्रमुख डा. शिवराज अधिकारीले बताएका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स