29.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

कामपा–३ का वडा अध्यक्ष थापा जनताको समस्या बुझ्न संगम टोलमा

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं ३ का वडा अध्यक्ष प्रेमबहादुर थापा यतिखेर जनताको समस्या बुझ्न वडा बासिसामु पुग्नुभएको छ । गत निर्वाचनमा नेकपा एमाले बाट निर्वाचित हुनुभएको उहाँको निर्वाचन अगाडि गरेका प्रतिबद्धता अनुरुप जनताको घरदैलोमा पुगेर वडाबासिको समस्या बुझ्ने क्रम जारि छ ।

सो क्रममा उहाँ संगम क्लवको निमन्त्रणमा कान्तीमार्ग पुग्नुभएको थियो । त्यहाँ पुगेर उहाँले त्यस ठाउँका स्थानियसँग अनौपचारि भेटघाट गर्नुभयो । सो भेटमा संगम क्लवका अध्यक्ष हिक्मत शेरचनले आफ्नो टोलमा भएको सार्वजनिक सम्पतिको रक्षा गर्न माग गर्दै अतिक्रमणमा परेका सार्वजनिक जग्गा फिर्ता ल्याउन पहल गर्न माग गर्नुभयो । यसका लागि आफनो टोलवासिको साथ र सहमत रहने बताउनुभयो । साथै आफ्ना टोलवासि मीलेर एक रोपनिभन्दा बढि सार्वजनिक सम्पतिको संरक्षण गर्दै आएको स्मरण गराउँदै त्यस ठाउँमा एउटा ट्रस्ट निर्माण गरिदिन वडाअध्यक्षसामु माग गर्नुभयो । यस्तै कान्तीमार्गबाट संगमा चोक जाने भित्रि सडक साँधुरो भएकाले त्यसलाइ वान वे बनाउन, विग्रीएका सडकबत्ति मर्मत र ढल मर्मत गर्न पनि माग गर्नु भयो । यो सँगै टोलवासिले विकास निर्माणसंबन्धी पालैपालो आ–आफ्नो धारणा राखेका थिए ।

सो क्रममा बोल्दै महाराजगंज प्रहरी विटका प्रहरी नायव उपरीक्षक (डिएसपि) अंगुर जिसीले पनि स्थानिय तहसँग मिलेर सुरक्षा दिन र अपराध न्युनिकरणमा सहयोग पुर्याउन सम्पुर्ण प्रहरी प्रशासन प्रतिबद्ध रहेको बताउनुभयो । विकास निर्माणका काम गर्दा होस या अतिक्रमित सार्वजनिक सम्पति फिर्ता निले क्रममा होस, वडाबासिलाई परेको खण्डका सुरक्षा दिन तयार रहेको बताउनुभयो ।


यस्तै बसुन्धरा प्रहरी चौकिका वरिष्ठ नायब निरीक्षक (सइ) केदार तिमिल्सीनाले पनि सम्पुर्ण टोलबासि र स्थानिय सरकार सँग सहकार्य गर्न तयार रहेको बताउनुभयो ।

हरितालिका तिजको दिन भएको उक्त अनौपचारिक भेटघाट कार्यक्रममा कामपा वडा नं ३ का वडा अध्यक्ष प्रेमबहादुर थापा, महाराजगंज प्रहरि विटका प्रहरी नायव उपरीक्षक (डिएसपि) अंगुर जिसी, बसुन्धरा प्रहरी चौकिका वरिष्ठ नायब निरीक्षक (सइ) केदार तिमिल्सीना, क्लवका अध्यक्ष हिक्मत शेरचन लगायत संपुर्ण पदाधिकारि र टोलबासिको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स