26.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

खेतमै कुहियो खर्बुजा, किसान तनाबमा

काठमाडौं । खेतमै खर्बुजा कुहिएपछि किसान मारमा परेका छन् । कोरोना महामारीका कारण बजार बन्द भएपछि सर्लाहीमा किसानहरुले उत्पादन गरेको खर्बुजा कुहिने अवस्थामा पुगेको छ । बरहथवा नगरपालिका ७ मा करिब रु १५ लाखको खर्बुजा बिक्री गर्न नपाएको किसान विशालराज गिरीले गुनासो गरे । गिरीले राम्रो उत्पादन र आम्दानीको आशमा डेढ बिघा जमिन भाडामा लिएर खर्बुजा खेती गरेका थिए । खेतमा उत्पादन भएको खर्बुजा बिक्री गर्ने समयमा निषेधाज्ञा लागेपछि किसान मारमा परेका हुन् ।

गिरीले बिघाको वार्षिक रु ७५ हजारमा जग्गा भाडामा लिएका हुन् । गिरीले इजरायली ५ जातका खर्बुजा लटरम्मै फलाएकोमा एक थरी साढे ३ र अर्को ५ किलोसम्मका छन् । उनका अनुसार उत्पादन भएको ७० क्विन्टल खर्बुजा खेतमा अलपत्र परेको छ ।

वैशाखको पहिलो साताबाटै खर्बुजा बिक्रीका लागि तयार भएको थियो । खेतमा रहेको खर्बुजा जेठ अन्तिमसम्म बिक्री नभए कुहिने भन्दै जिल्लाका किसान समस्यामा परेका छन् । जिल्लामा कोरोेना सङ्क्रमण नियन्त्रणका लागि वैशाख २५ गते राति १२ बजेदेखि जारी निषेधाज्ञा जेठ १० गते राति १२ बजेसम्मका लागि लम्ब्याइएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स