24.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

थाहा पाउनुहोस् डेंगु ज्वरोको लक्षण, बचाउ र उपचार

काठमाडौं । डेंगु एडिज लामखुट्टेले टोकेका कारण निम्तिने रोग हो । डेंगु हुँदा अत्यधिक ज्वरो आउने, टाउको दुख्ने, मांसपेशी र जोर्नी दुख्नेलगायतका समस्या देखिन थाल्छन् । डेंगुमा शरीरका प्लेटलेट्स तीब्र रुपमा खस्किन थाल्छ । यसमा बिरामीलाई तुरुन्त अस्पताल भर्ना गर्नुपर्ने हुन्छ नभए समयमा नै उपचार नपाउँदा बिरामीको ज्यानसमेत जान सक्छ । डेंगुका लक्षणलाई पहिचान गरेर यसको उपचार गर्न सकिन्छ ।

सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनका अनुसार डेंगु संक्रमण विश्वभरीका सयभन्दा बढी देशमा हुने एक साधारण समस्या हो र लगभग तीन अर्ब मानिस डेंगु प्रभावित क्षेत्रमा बस्छन् । यसमा नेपाल, भारत र दक्षिण एशियाका अन्य देश जस्तै चीन, अफ्रिका, ताइवान र मेक्सिको समावेश छन् ।

डेंगुका लक्षण
डेंगुका लक्षण संक्रमणको लगभग ४ वा ६ दिनपछि देखिन्छ
१. अत्यधिक ज्वरो
२.टाउको दुख्ने
३. आँखा दुख्ने
४.मांसपेशी र जोर्नी दुखाई
५. थकान
६.जिउ दुख्ने
७. बान्ता हुने
८. छालामा रातो दाग

यद्यपि, गम्भीर मामिलामा डिएचएफ (डेंगु हेमोरेजिक फिभर) हुने खतरा बढ्ने गर्छ । यो स्थितिमा रक्त नली क्षतिग्रस्त हुन्छन् र प्लेटलेट्सको मात्रा कम हुन थाल्छन् । यस्तो स्थितिमा निम्न लक्षण देखिन सक्छन् ।

१्. पेट दुख्ने
२. दाँत वा नाकबाट रगत बग्ने
३. दिसा वा बान्ता गर्दा रगत देखिने
५. सास फेर्न समस्या
६. थकान महसुस हुनु
७. चिड्चिडापन र बेचैनी

डेंगुको उपचार
डेंगुका लागि कुनै विशेष औषधी वा सटिक उपचार उपलब्ध छैनन् । यसमा केही घरेलु उपचार निकै काम लाग्न सक्छन् । यसमा धेरैभन्दा धेरै पानी पिउनुपर्छ । अत्यधिक गम्भीर मामिलामा बिरामीलाई इलेक्ट्रोलाइट सप्लिमेन्ट दिनुपर्छ । केही मामिलामा ब्लड प्रेसर मोनिटरिङ र ब्लड ट्रान्सफ्युजनमार्फत् पनि उपचार गरिन्छ । तपाईंले आफैँ एस्पिरिन वा इबुप्रोफेनजस्ता औषधी बिर्सेर पनि नखानुहोस् ।

डेंगुबाट बच्ने उपाय
जतिसक्दो तपाईं मस्किटो रिपेलेन्ट्स, झुलको प्रयोग गर्नुहोस् । आफ्नो घरको झ्याल–ढोका बेलुका हुनु अघि नै बन्द गर्नुहोस् । शरीरलाई पूर्ण रुपमा ढाक्ने कपडा लगाउनुहोस् । वरिपरी पानी जम्मा भए नभएको हेर्नुहोस् । कुलरको पानी फेरिरहनुहोस् । पानीलाई ढाकेर राख्नुहोस् । चरा–चुरुङ्गीलाई पानी दिने गर्नुभएको छ भने यसलाई नियमित रुपमा फेरिरहनुहोस् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स