29.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

रुपन्देहीको सियारी गाउँपालिकामा अर्घाखाँची सिमेन्टद्वारा स्वास्थ्य चौकी निर्माण

अर्घाखाँची । अर्घाखाँची सिमेन्ट प्राइभेट लिमिटेडले रुपन्देहीको सियारी गाउँपालिका वडा नं–२मा स्वास्थ्य चौकी भवन निर्माण सम्पन्न गरेको छ । उक्त भवन लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री भोज प्रसाद श्रेष्ठ र अर्घाखाँची सिमेन्टका निर्देशक राजेश कुमार अग्रवालले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।

अर्घाखाँची सिमेन्ट प्राइभेट लिमिटेडले स्वास्थ्य सामाग्री सहित भवन निर्माण गरेर हस्तान्तरण गरेको हो । अर्घाखाँची सिमेन्टका निर्देशक राजेश कुमार अग्रवालले मैनहिया गाउँपालिकाका जनसमुदायहरूलाई पहिले स्वास्थ्य चौकी आफ्नो घरबाट धेरै टाढा भएकाले समस्या उत्पन्न भएको तर अहिले बनेको नयाँ भवनले अत्यन्तै सहज बनाउन सघाउने बताए ।

लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री श्रेष्ठले कोभिड–१९ को नियन्त्रण र मैनहिया गाँउपालीकाको जनहितको लागि यो स्वास्थ्य चौकीलाई व्यवस्थित गरिने बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स