26.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

प्रधानन्यायाधीशविरुद्ध बारको आन्दोलन आज पनि, दुबै ढोकामा धर्ना दिइने

काठमाडौँ । प्रधानन्यायाधीशविरुद्ध आन्दोलित हुँदै आएको नेपाल बार एसोसिएशनले आज पनि सर्वोच्च अदालतको गेटमा धर्ना दिँदैछ ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग्दै आएको बारले बिहान १० बजे अघिदेखि १२ बजेसम्म सर्वोच्च अदालतमा धर्ना दिन लागेको हो। यसअघि शुक्रबार भएको धर्नामा तनावको अवस्था सिर्जना भएको थियो ।

बारले प्रधानन्यायाधीशलाई सर्वोच्च प्रवेश गर्न समेत अवरोध गर्दै आएको छ । शुक्रबारको धर्नामा प्रधानन्यायाधीश बारको आन्दोलनलाई छल्दै वैकल्पिक ढोकाबाट अदालत प्रवेश गरेका थिए । आज बारले मुलसहित वैकल्पिक ढोकामा समेत धर्नाको तयारी थालेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स