16.1 C
Kathmandu
Friday, April 12, 2024
spot_img

किसानलाई ५ अर्ब ५२ करोड बराबरको राहत दिने सरकारको निर्णय

[the_ad id="4647"] [the_ad id="4648"] [the_ad id="4649"]

काठमाडौं । कात्तिक पहिलो साता तीन दिनसम्म परेको बेमौसमी वर्षाले किसानको ११ अर्ब ८७ करोड ५१ लाख ६० हजार रुपैयाँबराबरको धानबाली नष्ट गरेको छ । क्षतिको विवरण संकलन गर्न गृह मन्त्रालयका सचिवको नेतृत्वमा गठित समितिको प्रतिवेदनपछि सरकारले पीडित किसानलाई पाँच अर्ब ५२ करोड राहत उपलब्ध गराउने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बाढी, पहिरो र डुबानका कारण क्षति बेहोरेका किसानलाई चार किसिममा वर्गीकरण गरी राहत उपलब्ध गराउने निर्णय गरेको हो । साना किसानलाई पहिलो प्राथमिकतामा राखिएको छ । यस वर्षका लागि निर्धारण भएको धानको न्यूनतम समर्थन मूल्य दुई हजार नौ सय दुई रुपैयाँ प्रतिक्विन्टल लागत मूल्य र प्रतिहेक्टर उत्पादन तीन मेट्रिकटनलाई आधार मानेर सरकारले राहत रकम निकालेको हो ।

सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार १० कट्ठासम्म खेत भएका साना किसानलाई ६५ प्रतिशत राहत उपलब्ध गराउने निर्णय भएको छ । यस्ता किसानले प्रतिकट्ठा एक हजार नौ सय २१ रुपैयाँका दरले राहत पाउनेछन् । त्यस्तै, ४० कट्ठासम्म (दुई बिघा) जमिन भएका किसानले पूर्ण क्षति बेहोरेको भए ३० प्रतिशत राहत पाउनेछन् । यस्ता किसानलाई प्रतिकट्ठा आठ सय ८७ रुपैयाँका दरले राहत दिइने मन्त्री कार्कीले बताउनुभयो ।

पूर्ण क्षति बेहोरेका दुई बिघाभन्दा बढी खेती भएका ठूला किसानलाई सरकारले २० प्रतिशत राहत उपलब्ध गराउनेछ । यस्ता किसानले प्रतिकट्ठा पाँच सय ९१ रुपैयाँका दरले राहत पाउनेछन् । आंशिक क्षति भोगेका सबै किसानलाई २० प्रतिशतका दरले राहत उपलब्ध गराइनेछ । यस्ता किसानलाई पनि प्रतिकट्ठा पाँच सय ९१ रुपैयाँका दरले राहत दिइने मन्त्री कार्कीले जानकारि दिनुभयो ।

अविरल वर्षाले गरेको क्षतिका कारण किसानहरू अत्तालिएपछि सरकारले छिटो तथ्यांक संकलन गरी राहत घोषणा गरेको हो ।

[the_ad id="4652"] [the_ad id="4657"] [the_ad id="4660"]

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

[the_ad id="3905"] [the_ad id="3907"] [the_ad id="3908"] [the_ad id="3909"] [the_ad id="3910"] [the_ad id="3911"]

हेडलाइन्स