29.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

देशभर हालसम्म ३२ प्रतिशतले पूर्ण खोप लगाए

काठमाडौँ । नेपालमा १८ वर्षमाथिका कुल अपेक्षित जनसङ्ख्याको ३२ प्रतिशतले कोभिडविरुद्वको पूर्ण खोप लगाएका छन् भने ३९ प्रतिशतले पहिलो मात्रा लगाएका छन् । स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा.सागर दाहालका अनुसार नेपालमा १८ वर्षमाथिका कुल एक करोड ९९ लाख २२ हजार १६४ जनसङ्ख्यामध्ये ३२ प्रतिशतले पूर्णमात्रा खोप लगाएका छन् भने ३९ प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् ।

शुक्रबारसम्मको तथ्यांकअनुसार प्रदेश १ मा अपेक्षित ३२ लाख ७५ हजार ८६६ जनसङ्ख्यामध्ये पूर्ण मात्रामा खोप लगाउने २३ प्रतिशत छन् ३३ प्रतिशतले पहिलो मात्र खोप लगाएका छन् । प्रदेश २ मा ४१ लाख ६० हजार ४२५ अपेक्षित जनसङ्ख्यामध्ये २३ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन् भने २५ प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् ।

यसैगरी बाग्मती प्रदेशमा ४२ लाख ८३ हजार १४४ अपेक्षित जनसङ्ख्यामध्ये ५४ प्रतिशतले पूर्ण मात्रा र ६१ प्रतिशतले पहिलो मात्रा खोप लगाएको मन्त्रालयले जनाएको छ । गण्डकी प्रदेशमा १६ लाख ६३ हजार ९२४ अपेक्षित जनसङ्ख्यामध्ये ३७ प्रतिशतले पूर्ण मात्रा र ४० प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् ।

त्यस्तै लुम्बिनी प्रदेशमा ३३ लाख ८७ हजार १२८ अपेक्षित जनसङ्ख्यामध्ये २६ प्रतिशतले पूर्ण मात्रा लगाएका छन् भने ३२ प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् । कर्णाली प्रदेशमा १२ लाख तीन हजार २८९ अपेक्षित जनसङ्ख्यामध्ये २१ प्रतिशतले पूर्ण मात्रा र २८ प्रतिशतले पहिलो मात्रा खोप लगाएको मन्त्रालयले जनाएको छ

यता सुदूरपश्चिम प्रदेशमा १९ लाख ४८ हजार ३८८ अपेक्षित जनसङ्ख्यामध्ये २६ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन् भने ३२ प्रतिशतले पहिलो मात्रा लगाएका छन् ।

सरकारले असोज मसान्तसम्म ३३ प्रतिशत, पुष मसान्तभित्र दुई तिहाई र चैत्र मसान्तभित्र सबै लक्षित जनसङ्ख्यामा खोप लगाउने लक्ष्य लिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स