काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा ६ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ९२० जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ६ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार ७ हजार ७० जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा ५ सय ७४ जना र ३ हजार ८५० जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ८ लाख ८९ हजार २२६ पुगेको छ ।
कोरोना भाइरस ९कोभिड–१९०को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर १ हजार ४०५ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ७ लाख ६९ हजार २२४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा देशभर १० हजार ९२० जनाको परीक्षण हुँदा हालसम्म कुल ४८ लाख १५ हजार ७२४ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा थप ७ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार १६४ पुगेको छ ।