26.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

स्वास्थ्य मापदण्डको पालना गरी सभा, सम्‍मेलन गर्न प्रतिबन्ध नलगाइएको काठमाडौं प्रशासनको दावि (सुचनासहित)

काठमाडौँ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यकामा सभा, सम्‍मेलन र धार्मिकरसांस्कृतिक मेला, जात्रा, पर्व लगायत चाड पर्व लक्षित अन्‍य क्रियाकलापहरु स्वास्थ्य मापदण्डको पालना गरी गर्न प्रतिबन्ध नलगाएको स्पष्ट पारेको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘जिल्ला प्रशासन कार्यालयले हिजो १४ गतेदेखि लागु हुने गरी जारी गरेको आदेशको बुँदा नम्बर १ को क मा उल्लेखित विषयमा सार्वजनिक रुपमा चासो, चिन्ता र अभिव्‍यक्तिका सम्‍बन्धमा ध्‍यानाकर्षण भएको छ ।’

काठमाडौं प्रशासनले कोरोना संक्रमणको जोखिम कायमै रहेको भन्दै नेपाल सरकार मन्त्रिपरिषद्‌को निर्णय एवं प्रचितलि कानुनले दिएको अधिकार प्रयोग गरी यसअघि जारी गरिएको आदेशको निरन्तरताको रुपमा उक्त आदेश जारी गरिएको र उक्त आदेशले कुनै पनि प्रकारका सभा, सम्‍मेलन, धार्मिक, सास्कृतिक मेला, जात्रा पर्व लगायत चाडपर्व लक्षित अन्‍य क्रियालापहरु स्वास्थ्य मापदण्ड पालना गरी गर्नरगराउन कुनै बन्‍देज नलगाएको स्पष्ट पारेको छ ।

यसअघि असोज १४ गते स्थानीय प्रशासनले विज्ञप्ति जारी गरेर आदेशको बुँदा नं १को क मा उपत्यकामा भीडभाड, सभाजुलुस, जात्रा, महोत्सव र भोजमा प्रतिबन्ध लगाएको थियो

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स