21 C
Kathmandu
Wednesday, September 27, 2023

४० कर्मचारीलाई उत्कृष्ट निजामती सेवा पुरस्कार प्रदान गरिने, सरकारले भेटेन सर्वोत्कृष्ट कर्मचारी

काठमाडौँ। निजामती सेवा दिवसको अवसर पारेर सरकारले आज ४० कर्मचारीलाई पुरस्कृत गर्ने भएको छ। जसमध्ये १० जना कर्मचारीले ‘उत्कृष्ट निजामती सेवा पुरस्कार’ पाउने भएका छन्।

उत्कृष्ट निजामती सेवा पुरस्कार पाउनेमा बेनी नगरपालिका म्याग्दीका प्रमुख प्रशासकीय अधिकृतदेखी सर्वोच्च अदालतका सह-रजिस्टारसम्म रहेका छन् ।

उत्कृष्ट निजामती सेवा पुरस्कार पाउनेहरुमा म्याग्दीको बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदी, सर्वोच्च अदालतका सह–रजिस्टार विमल पौडेल, राष्ट्रिय योजना आयोगका सहसचिव किरण रुपाखेती, अख्तियारका सहसचिव राजेन्द्रकुमार केसी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव विष्णुदत्त गौतम, स्वास्थ्य सेवा विभागका निर्देशक डा. भीमसिंह तिंकरी छन् ।

त्यस्तै महान्यायाधीवक्ताको कार्यालयका उपन्यायाधीवक्ता हरिशंकर ज्ञवाली, महालेखा परीक्षक कार्यालयका निर्देशक नेत्रप्रसाद पौडेल, भूमि व्यवस्थापन तथा अभिलेख विभागकी निर्देकश सुमना अर्याल वाग्ले र महिला तथा वालवालिका विभागकी नायव सुब्बा कमला ढकाल काफ्ले पनि उत्कृष्ठ निजामती सेवा पुरस्कारका लागि छनोट भएकी छन् ।

निजामती सेवा पुरस्कारका लागि भने ४ जना सहसचिव, ८ जना उपसचिव तहका कर्मचारी छनोट भएका छन् । ११ जना शाखा अधिकृत, ५ जना नायव सुब्बा र दुई जना कार्यालय सहयोगीले पनि निजामती सेवा पुरस्कार पाउँदैछन् ।

सर्वोत्कृष्ट निजामती कर्मचारी छनोट गरेर पुरस्कृत गरिने गरिएकोमा गत वर्षजस्तै यस वर्ष पनि सरकारले सर्वोत्कृष्ट कर्मचारी फेला पार्न सकेन। सरकारले प्रत्येक वर्ष भदौ २२ गते निजामती कर्मचारी दिवसका अवसरमा निजामती कर्मचारीहरूलाई पुरस्कार प्रदान गर्दै आएको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स