29.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

कोरोना अपडेट: १ हजार ८९ जनामा संक्रमण, १ हजार ५३४ जना संक्रमण मुक्त, २० को मृत्यु

काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा १ हजार ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ हजार ९७१ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १ हजार ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ५ हजार १७० जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा ९ सय ७६ जना र २ हजार ८०१ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ८ लाख ५४ हजार ३२१ पुगेको छ ।

कोरोना भाइरस ९कोभिड–१९०को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर १ हजार ५३४ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ७ लाख २७ हजार १८५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर ७ हजार ९७१ जनाको परीक्षण हुँदा हालसम्म कुल ४४ लाख ४५ हजार ८५६ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा थप २० संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ८३८ पुगेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स