29.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

उपत्यकाका सिडिओको बैठक बस्दै, जारी निषेधाज्ञा थप्ने तयारि

काठमाडौं । उपत्यकामा जारी निषेधाज्ञाबारे थप छलफल गर्न आज तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूबीच बैठक बस्ने भएको छ ।

स्रोतका अनुसार प्रमुख जिल्ला अधिकारीहरूबीच निषेधाज्ञा थप गर्ने सहमति भइसके पनि आज बस्ने बैठकले औपचारिक निर्णय गर्ने छ । उपत्यकामा कोरोना संक्रमणको जोखिम बढिरहेका कारण के कस्ता कुराहरुमा निषेधाज्ञा गर्ने वा नगर्ने भन्ने विषयमा आजको बैठक बस्ने भएको हो ।

त्यस्तै, प्रमुख जिल्ला अधिकारीको बैठक बस्नुअघि जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र डिसिसिएमसी बैठक पनि बोलाइएको छ । डिसिसिएमसी बैठकले गरेका निण्र्नयहरुलाई समेट्दै निषेधाज्ञा बारे थप निर्णय लिने बताइएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स