24.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

मुलुकभर थप १ हजार ८०१ जनामा कोरोना संक्रमण, २४ जनाको मृत्यु

काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा १ हजार ८०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ३२६ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १ हजार ८०१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ८ हजार ७०४ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा १ हजार ५४८ जना र २ हजार ६२२ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा २ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ८ लाख २९ हजार ४४३ पुगेको छ ।

कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर १ हजार ९२४जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ७ लाख ९७ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर ११ हजार ३२६ जनाको परीक्षण हुँदा हालसम्म कुल ४२ लाख७४हजार ५७२जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा थप २४ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ५३३ पुगेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स