24.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

देशभर एकै दिन थप ३ हजार ४५१ जनामा कोरोना संक्रमण पुष्टि, ३५ संक्रमितको मृत्यु

काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा ३ हजार ४५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५ हजार ६११ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ३ हजार ४५१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार १० हजार ९३ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा २ हजार ५६६ जना र ५ हजार ५१८ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ८ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ८ लाख १० हजार ८५३ पुगेको छ ।

कोरोना भाइरस कोभिड–१९को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर २ हजार ४५८ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ६ लाख ८५ हजार १४० पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर १५ हजार ६११ जनाको पीसीआर–एन्टिजेन परीक्षण हुँदा हालसम्म कुल ४१ लाख ६९ हजार ३६ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

यसै गरी पछिल्लो २४ घण्टामा थप ३५ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ३२७ पुगेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स