26.1 C
Kathmandu
Monday, April 22, 2024
spot_img

मन्त्रिपरिषदको सिफारिसमा संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य

[the_ad id="4647"] [the_ad id="4648"] [the_ad id="4649"]

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा सङ्घीय संसदको दुवै सदनको अधिवेशन अन्त्य गर्नुभएको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषदको बैठकले राष्ट्रपति भण्डारी समक्ष चालू अधिवेशन अन्त्य गर्न सिफारिस गरेको थियो ।

सभामुख अग्निप्रसाद सापकोटाले सोमबार प्रतिनिधिसभा बैठकमा राष्ट्रपति कार्यालयबाट पठाएको पत्र पढेर सुनाउँदै संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य भएको जानकारी दिनुभएको हो । उहाँले संसदीय संसदको दुवै सदनको चालू अधिवेशन साउन ३२ गते राति १२ बजेदेखि अन्त्य गरिएको बताउनुभयो ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा ब्यूँत्याएपछि गत साउन ३ गतेबाट अधिवेशन सुरु भएको थियो । चालू अधिवेशन प्रतिनिधिसभा पुनर्स्थापनापछिको पहिलो अधिवेशन हो ।

[the_ad id="4652"] [the_ad id="4657"] [the_ad id="4660"]

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

[the_ad id="3905"] [the_ad id="3907"] [the_ad id="3908"] [the_ad id="3909"] [the_ad id="3910"] [the_ad id="3911"]

हेडलाइन्स