24.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

मनाङ बाढीपहिरो प्रतिवेदन : तत्काल बाटो नखुले खाद्यसंकट निम्तिने खतरा

मनाङ । मनसुनको सुरुआतमै आएको बाढी, पहिरोले मनाङका विभिन्न सडक सञ्जालमा गम्भीर क्षति र्पुयाएको छ । उपल्लो तथा तल्लो मनाङ जोड्नेमात्रै नभई अन्य जिल्लासँग जोड्ने बाटो र पुलसमेत बाढीले बगाइदिएपछि हिमाली जिल्ला मनाङ सडक सम्पर्कबाट विच्छेद भएको छ ।

मनाङ जिल्लाकै ‘लाइफ लाइन’का रुपमा हेरिएको लमजुङ बेंशीसहर(चामे जोड्ने मुख्य सडक तथा सदरमुकाम चामेदेखि उपल्लो मनाङ खाङसार जोड्ने सडकमा ठाउँ(ठाउँमा बाढी, पहिरोले क्षति र्पुयाएको छ । ती क्षतविक्षत सडक तत्काल मर्मत गरेर खुलाउन नसकेमा केही समयमा नै मनाङले खाद्य संकट व्यहोर्ने एक अध्ययनले देखाएको छ ।

प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेकोे संयोजकत्वमा गठित समितिले असार २५ र २६ गते नासों गाउँपालिका र २९ गते डिस्याङ गाउँपालिकाका क्षतिग्रस्त क्षेत्रको स्थलगत निरीक्षण गर्दै अध्ययन प्रतिवेदन तयार पारेको हो । प्रतिवेदन गृह सचिवलाई समेत बुझाइसकिएको छ ।

स्थलगत निरीक्षणपछि तयार पारिएको उक्त प्रतिवेदनमा बाढी, पहिरोले जिल्लामा र्पुयाएको क्षति र वर्तमान अवस्थाबारे खुलाइएको छ । प्रतिवेदनले जिल्लाका नासों, चामे र निस्याङ गाउँपालिकाका विभिन्न बस्ती, विद्यालय र सरकारी कार्यालयका भौतिक संरचनामा क्षति र्पुयाएको उल्लेख छ ।

गृह सचिवलाई बुझाइएको उक्त प्रतिवेदनअनुसार बाढी, पहिरोले जिल्लाभरका १७ वटा झोलुंगे पुलमा क्षति र्पुयाएको छ । जसमध्ये ६ वटा पुललाई सामान्य मर्मतमात्रै गरे पुग्छ भने बाँकी ११ वटा पुललाई भने पुनर्निर्माण नै गर्नुपर्ने हुन्छ ।

असार महीनाको पहिलो दिन नै मस्र्याङ्दी नदीमा आएको बाढीका कारण सबैभन्दा बढी क्षति तालगाउँले व्यहोरेको छ । नासों गाउँपालिका १ मा पर्ने उक्त तालगाउँ बजारमा अहिले पनि मान्छे बस्न सक्ने स्थिति छैन ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स