24.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

कोभिड–१९ को तेस्रो लहर सुरु, स्वास्थ्य मापदण्ड पालना गर्न विज्ञको सुझाव

काठमाडौँ । केही दिनयता देशभर कोभिड–१९ बाट सङ्क्रमितको हुनेको सङ्ख्या ह्वात्तै बढ्न थालेको छ । अघिल्लो दिनसम्म तीन हजारको हाराहारीमा रहेको कोभिड सङ्क्रमण बुधबार अप्रत्यासित रूपमा बढ्दा सङ्क्रमित हुनेको सङ्ख्या चार हजार नाघेको छ । कोरोना सङ्क्रमितको सङ्ख्या अप्रत्यासित रूपमा बढ्न थालेपछि सम्बन्धित विज्ञहरूले यसलाई कोभिड–१९ को तेस्रो लहरको सुरुवात भएको बताएका छन् । उनिहरूले खोपलाई प्राथमिकताका साथ अघि बढाउन सुझाव दिँदै जनस्वास्थ्यका मापदण्ड पालना गर्न पनि सबैलाई आग्रह गरेका छन ।

वरिष्ठ भाइरोलोजिष्ट डा. वासुुदेव पाण्डेले नेपालमा कोभिड–१९ को तेस्रो लहर सुरु भएको भन्न मिल्ने बताउनुभयो । सरकार र नागरिकको लापरबाहीका कारण कोभिड बढेको भन्दै उहाँले नियन्त्रणका लागि आ–आफ्नो क्षेत्रमा सतर्क हुनुपर्ने र उचित पहल गर्नुपर्ने बताउनुभयो । कोभिड बढ्नुको प्रमुख कारणबारे डा. पाण्डेले भन्नुभयो, सरकारी क्षेत्रबाट विभिन्न कार्यक्रम सञ्चालन हुनु, राजनीतिक दलका व्यक्तिहरूले नाराजुलुस र विभिन्न सभा सम्मेलन गर्नु, नागरिकले जनस्वास्थ्य मापदण्ड कार्यान्वयन नगर्नु नै प्रमुख कारण हुन् ।

यता इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक समेत रहनुभएका डा. पाण्डेले लकडाउनबाट मात्र कोभिड नियन्त्रण नहुने बताउनुभयो । देशको आर्थिक अवस्था चलायमान गर्न पनि लकडाउन गर्न नहुने भन्दै उहाँले सवारीसाधनमा जोरबिजोर गर्ने, गाडीमा धेरै मानिस नचढ्ने, कार्यालयमा फरक फरक समय काम गर्ने गरी लकडाउनमा जान सकिने धारणा राख्नुभयो । जनस्वास्थ्यका मापदण्ड प्रभावकारी ढङ्गले पालना गर्ने हो भने सङ्क्रमण दरलाई घटाउन सकिने उहाँको भनाइ छ ।

सरुवा रोग विशेषज्ञ डा. पुनले कोभिडविरुद्धको खोपको महाअभियान सञ्चालन गर्नुपर्ने बताउनुभयो । जति पनि खोपहरू उपलब्ध छन्, त्यसलाई यथाशीघ्र लगाउने काम गर्नुपर्ने उहाँको भनाइ छ । कोभिड खोपले मात्र बच्न सकिने भन्दै डा। पुनले खोपलाई सरकारले प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स