27.1 C
Kathmandu
Friday, September 22, 2023

दाम्लाले बाँधेर युवालाई कुटपिट जाजरकोटका वडाध्यक्ष प्रहरिद्धारा पक्राउ

सुर्खेत । दाम्लाले बाँधेर युवालाई कुटपिट गर्ने जाजरकोटको जुनिचाँदे गाउँपाका २ का वडाध्यक्ष रामबहादुर नेपाली पक्राउ परेका छन् साउन १५ गते स्थानीय सर्पे दमाइलाई डोरीले बाँधेर कुटपिट गरेका उनलाई बिहीबार जाजरकोट प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय पञ्चालाको टोलीले उनलाई घरबाटै नियन्त्रणमा लिएर सदरमुकाम खलंगा झिकाइएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक खुमानन्द पाण्डेले जानकारी दिए। ‘वडा अध्यक्षलाई पक्राउ गरेर ल्याइरहेका छौं, उहाँलाई कानून बमोजिम कारबाही हुन्छ, स्थानीयलाई कुटेको भिडियोका आधार र प्रहरी प्रतिवेदन अनुसार मुद्दा चलाउँछौं,’ प्रहरी निरीक्षक पाण्डेले भने ।

पीडितलाई पनि सदरमुकाम बोलाइएको छ । पीडितले अहिलेसम्म जाहेरी दिएका छैनन्। पीडितको बयान, घटनाको प्रकृति र भिडियोलाई आधार मानेर कानुनी कारबाही हुनने प्रहरीले जनाएको छ । पीडितलाई जाहेरी दिन आग्रह गरेको र पीडितले जाहेरी नदिए पनि कानून बमोजिम कारबाही हुने प्रहरिको भनाइ छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स