24.1 C
Kathmandu
Friday, July 26, 2024
spot_img

मुलुकभर थप १ हजार ८७५ जनामा कोरोना संक्रमण पुष्टि, २९ जनाको मृत्यु

काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा १ हजार ८ सय ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ५ सय ४ जनाको आरटी–पीसीआर र एन्टिजेन परीक्षण गर्दा १ हजार ८ सय ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ६ लाख ९२ हजार ८ सय ७६ पुगेको छ ।

कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर १ हजार २ सय ८६ जना निको भएर घर फर्किएका छन । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ६ लाख १५ हजार ६ सय १३ पुगेको छ ।

यसै गरी पछिल्लो २४ घण्टामा थप २९ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ३ सय २० पुगेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स