29.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

स्थानीय तहमा ६२ हजार नयाँ उद्यमी थपिँदै

काठमाडौँ । सरकारले देशभरका स्थानीय तहमार्फत आगामी आर्थिक वर्ष २०७८र०७९ मा ६२ हजार बढी नयाँ उद्यमी सृजना गर्ने लक्ष्य निर्धारण गरेको छ । आउँदो १ साउनबाटै गरिवी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम९मेडपा० सुरु गर्न देशभरका सबै स्थानीय तहलाइ पत्र पठाउँदै सरकारले यस्तो लक्ष्य निर्धारण गरेको हो ।

देशभरका सबै स्थानीय तहबाट सञ्चालन हुने मेडपा कार्यक्रममार्फत उसले ६२ हजार ३ सय २५ जना नयाँ उद्यमी सृजना गर्ने लक्ष्य राखेको छ । कार्यक्रम सञ्चालन भएका सबै स्थानीय तहका लागि लक्ष्य निर्धारण गरेको सरकारले मेड्पा कार्यक्रमको मेड–मोडल सञ्चालनका लागि उद्यम विकास सहजकर्तालाइ सेवा करारमा लिएर कार्य सञ्चालन अघि बढाउन समेत भनेको छ ।

लघु उद्यमी सृजना, उद्यमीको स्तरोन्नति, गरिव परिवारका लागि साझा सुविधा केन्द्रको स्थापना र कम्तिमा ५ जनाको समूहमा प्रविधि हस्तान्तरण गर्ने लक्ष्य सहितको कार्यक्रम मेडपा अन्र्तगत समेटिएका छन् । ३४ हजार ४५ जना उद्यमीको क्षमता विकास अर्थात् क्षमता स्तरोन्नति गर्ने, १ सय ५० वटा साझा सुविधा केन्द्र स्थापना गरिने र कम्तिमा ५ जनाको समूहमा १ हजार ५ सय ६ वटा प्रविधि हस्तान्तरण गर्ने मेडपा कार्यक्रमको लक्ष्य छ ।

एउटा व्यक्तिलाई उद्यमी बनाउन ८ देखि १० महिनासम्म लाग्ने भन्दै सरकारले उद्यम विकास सहजकर्ता ९ईडीएफ०सँग सेवा करार गरी कार्यक्रमको सफल कार्यान्वयन र सो को दिगोपनाका लागि उपलब्ध भएसम्म उद्यम विकासमा स्नातक गरेका वा सीप परीक्षणमा ३ तह उत्र्तीण गरेका उद्यम विकास सहजकर्तालाई प्राथमिकता दिन समेत स्थानीय तहलाइ परिपत्र गरेको छ ।

कार्यक्रमका सम्वन्धमा कुनै द्धिविधा भए प्रदेशका रहेका मेडपा टिएको सहयोग लिन समेत स्थानीय तहलाई अवगत गराएको छ । सरकारले चालू आर्थिक बर्षको मेडपा कार्यक्रमको अन्तिम प्रतिवेदन विद्युतीय प्रणालीमा प्रविष्ट गर्न समेत स्थानीय तहलाई भनेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स