26.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

शिक्षा मन्त्री श्रेष्ठलाई असार २९ गते अदालतमा उपस्थित हुन सर्वाेच्चको आदेश

काठमाडौं । काठमाडौं बबरमहलकी घरबेटी सरस्वती प्रधानलाई सरकारी गाडीमा लिएर घर लैजाने शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठलाई असार २९ गते अदालतमा उपस्थित हुन सर्वाेच्च अदालतले आदेश दिएको छ ।

सञ्चारकर्मी रुपा सुनारले आफूमाथि जातीय विभेद गरेको भनि घरबेटी प्रधान र मन्त्री श्रेष्ठलाई पदबाट बर्खास्त गर्न भनि दिएको रिटमा सर्वोच्चले २९ गते मन्त्री श्रेष्ठलाई उपस्थित हुन आदेश दिएको छ ।न्यायाधीश कुमार रेग्मीको इजलासले मन्त्री श्रेष्ठसँगै दुबै पक्षलाई असार २९ गते अदालतमा छलफलका लागि बोलाएको छ ।

रुपा सुनारलाई जातका आधारमा कोठा भाडामा नदिएछि चर्किएको यो घटनामा मन्त्री श्रेष्ठ एकाएक मुछिन पुगेका थिए । सिंहदरबारको हिरासतमा राखेर प्रहरीले अनुसन्धान गर्दा मन्त्री श्रेष्ठले फिल्मी शैलीमा घरबेटी प्रधानलाई सरकारी गाडीमा घर लिएर गएका थिए ।

जातीय विभेद गरेको भनि घरबेटीमाथि सबै खनिरहेको अवस्था मन्त्री श्रेष्ठको प्रवेशले झनै तरंग पैदा गर्यो । पछि मन्त्री श्रेष्ठले आफूले अब आइन्दा त्यस्तो काम नगर्ने भनेर क्षमायाचना पनि गरे ।

तर, रुपा सुनारले जातीय विभेद गर्नेलाई कारबाहीको माग गर्दै न्यायका लागि सर्वाेच्चमा मन्त्री श्रेष्ठ र घरबेटीविरुद्ध मुद्धा दायर गरेकी थिइन् । उनले दायर गरेको मुद्धामा मन्त्री श्रेष्ठको बर्खास्ती र घरबेटीलाई कारबाहीको माग गरिएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स