29.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

संक्रमितको संख्या फेरि बढ्यो, पछिल्लो २४ घण्टामा २ हजार ९७९ जनामा कोरोना पुष्टि

काठमाडौं । मुलुकभर लकडाउन खुकुलो पारिएसँगै दैनिक कोरोना संक्रमितहरुको संख्या फेरि बढ्न थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मुलुकभर २ हजार ९ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार ११ हजार ८ सय ९८ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा २ हजार ९ सय ७९ जनामा कोरोना पुष्टि भएको हो ।

७ हजार ८ सय ३५ जनाको आरटी पीसीआर विधिबाट परीक्षण गर्दा २ हजार ७७ जनामा कोरोना पुष्टि भएको छ, भने ४ हजार ६३ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ९ सय २ जनामा कोरोना पुष्टि भएको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा १३ सय ३३ जना संक्रमितहरु कोरोनामुक्त भएका छन्, भने कोरोना संक्रमणका कारण थप २८ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स