काठमाडौँ । मुलुकभर पछिल्लो २४ घण्टामा २ हजार ६ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ५ सय ८५ जनाको आरटी–पीसीआर र एन्टिजेन परीक्षण गर्दा २ हजार ६ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ६ लाख ८७ हजार ९ सय ९५ पुगेको छ ।
कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर १ हजार ५ सय ६५ जना निको भएर घर फर्किएका छन । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ६ लाख १२ हजार ९ सय ९४ पुगेको छ ।यसै गरी पछिल्लो २४ घण्टामा थप १५ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार २ सय ६३ पुगेको छ ।