Warning: mysqli_query(): (HY000/1021): Disk full (/tmp/#sql-temptable-38efa1-b186e8-55556.MAI); waiting for someone to free some space... (errno: 28 "No space left on device") in /home3/palikatv/public_html/wp-includes/class-wpdb.php on line 2349
चोरीएका ४१ मोटरसाइकल धनीलाई हस्तान्तरण - Palika TV
Warning: mysqli_query(): (HY000/1021): Disk full (/tmp/#sql-temptable-38efa1-b186e8-5555a.MAI); waiting for someone to free some space... (errno: 28 "No space left on device") in /home3/palikatv/public_html/wp-includes/class-wpdb.php on line 2349

Warning: mysqli_query(): (HY000/1021): Disk full (/tmp/#sql-temptable-38efa1-b186e8-5555b.MAI); waiting for someone to free some space... (errno: 28 "No space left on device") in /home3/palikatv/public_html/wp-includes/class-wpdb.php on line 2349
25.1 C
Kathmandu
Sunday, May 26, 2024
No menu items!
spot_img
No menu items!

चोरीएका ४१ मोटरसाइकल धनीलाई हस्तान्तरण

[the_ad id="4647"] [the_ad id="4648"] [the_ad id="4649"]

काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथले निषेधाज्ञाको समयमा हराएका मोटरसाईकल नियन्त्रणमा लिई धनीलाई हस्तान्तरण गरेको छ । कोभिड १९ महामारी नियन्त्रण, रोकथाम तथा उपचारको लागि सरकारले जारी गरेको निषेधाज्ञाको समयमा विभिन्न स्थानबाट हराएका मोटरसाईकल र स्कुटरलाई मंगलबार महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले सम्बन्धीत धनीलाई हस्तान्तरण गर्नुभएको हो ।

हस्तान्तरण गरिएकोमा ३३ वटा मोटरसाईकल र ८ वटा स्कुटर छन् । पछिल्लो समय चोरी भएर पक्राउ गरेको अधिकांश मोटरसाइकलहरु बजाज कम्पनीको पल्सर र हिरो होण्डा कम्पनीका रहेको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । विशेष गरेर चोरी गर्ने समुहले सस्तो, सुलभ, आकर्षक र बढी डिमाण्ड हुने खालका मोटरसाइकल र स्कुटरहरु चोरी गर्ने गरेको पाईएको छ । युवा पुस्ताको रोजाई र ग्रामीण भेगमा समेत माग बढी भएकाले पल्सर मोटरसाईकल बढी चोरी हुने गरेको बुझाई महाशाखाको छ ।

हराएको सवारी साधन फेलापरेपछि सवारी धनीहरु पनि खुसी भएका छन् । उनीहरुले प्रहरीले चाहेमा चोरीको जस्तो सामान पनि फेला पार्ने र संलग्नलाई नियन्त्रणमा लिन सक्ने भन्दै महाशाखालाई धन्यवाद दिएका छन् । महाशाखाले यस आर्थिक बर्षमा मात्रै हराएका ४ सय १३ वटा मोटरसाइकल खोजतलास गरी सम्बन्धीत धनीलाई जिम्मा दिएको र चोरीमा संलग्न ५१ जनालाई पक्राउ गरेको छ ।

[the_ad id="4652"] [the_ad id="4657"] [the_ad id="4660"]

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

[the_ad id="3905"] [the_ad id="3907"] [the_ad id="3908"] [the_ad id="3909"] [the_ad id="3910"] [the_ad id="3911"]

हेडलाइन्स