24.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दा असार २८ सम्मलाई हेर्दाहेर्दैमा राखियो

काठमाडौँ । प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दालाई संवैधानिक इजलासले असार २८ गतेसम्मलाई हेर्दाहेर्दैमा राखेको छ । सोमबारको इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले मुद्दाको असार २८ गते अर्को पेशी तोकिएको बताउनुभएको हो ।

योसँगै अब राष्ट्रिय राजनीतिलाई नै भावी दिशा दिने उक्त मुद्दामा असार २८ पछिमात्रै सर्वोच्चको आदेश आउने भएको छ । सोमबार रिट निवेदक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका वकिलहरूले जवाफी बहस गर्नुभएको थियो ।

आजै इजलासलाई राय दिन बनाइएको एमिकस क्युरीका चार जनाले पनि बहस गर्नुभएको थियो । बहसको सबै प्रक्रिया सकिएकाले असार २८ मै फैसला आउने बताइएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स