29.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

मुलुकभर थप २ हजार ६२२ जनामा कोरोना पुष्टि : २३ संक्रमितको मृत्यु

काठमाडौँ । मुलुकभर पछिल्लो २४ घण्टामा २ हजार ६ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ हजार ४ सय ९९ जनाको आरटी–पीसीआर र ४ हजार २८ एन्टिजेन परीक्षण गर्दा २ हजार ६ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ६ लाख ८५ हजार ३६१ पुगेको छ ।
कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर २ हजार २ सय ११ जना निको भएर घर फर्किएका छन । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ६ लाख ११ हजार ४ सय २९ पुगेको छ ।

यसै गरी पछिल्लो २४ घण्टामा थप २३ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार २ सय ४८ पुगेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स