26.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

उपत्यकाको निषेधाज्ञा : निजी सवारीमा जोर बिजोर, बारअनुसार पसल खुल्ने, सरकारी कार्यालय आलोपालो गरी खुल्ला

काठमाडौं । उपत्यकामा पुनः थप एक साता निषेधाज्ञा थप गरिए पनि निषेधाज्ञामा पसलहरु खोल्न पाइने निर्णय भएको छ। आइतबार साँझ बसेको उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरूको बैठकले असार ८ गतेदेखि एक साताका लागि निषेधाज्ञा थप्दै उक्त निर्णय गरेको हो ।

यससँगै उपत्यकामा असार १४ गतेसम्म निषेधाज्ञा हुने भएको छ। निजी सवारीमा जोररविजोर प्रणाली अपनाइए पनि सार्वजनिक सवारी भने चलाउन नपाइने काठमाडौंका सिडिओ कालीप्रसाद  पराजुलीले जानकारी दिनुभयो । उहाँका अनुसार बैठकले निषेधाज्ञा अवधिमा मंगलबार र बिहीबार ११ देखि ४ बजेसम्म सुन, भाँडाकुडा, अटो मोबाइल्स, विद्युतीय सामग्री खोल्न दिइने निर्णय भएको  छ।

त्यस्तै सोमबार, बुधबार र शुक्रबार ११ बजेदेखि ४ बजेसम्म सपिङ मल, कपडा, जुत्ता, साडी, कस्मेटिक्स, फेन्सी टेलरिङ पसल खोल्न दिइनेछ।खाद्यान्न, दूध, किताब पसललगायतका पसलहरू बिहान ११ बजेसम्ममात्र खोल्न दिइने निर्णय भएको छ। यस्तै , रेष्टुरेन्ट, होटलहरूले भने टेक अवे र होम डेलिभरी गर्न पाउने छन् । निर्माण सामग्रीका पसलहरू बिहान ११ देखि साँझ ६ बजेसम्म खोल्न पाइने छ । निबार अत्यावश्यकबाहेक अरू पसलहरू भने बन्द गर्नु पर्नेछ। यसैगरी सरकारी कार्यालय आलोपालो गरी खुला गर्नुपर्ने निर्णय भएको पनि छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा रहेको सीसीएमसी निर्देशक समितिको बैठकले बुधबार ‘स्मार्ट लकडाउन’ गर्ने निर्णय गरेको थियो । त्यसमा स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गर्दै आर्थिक, सामाजिक गतिविधिलाई अघि बढाउने भनिएको थियो ।

यस सम्बन्धी प्रावधानको खाका सीसीएमसीले गृहसहितका मन्त्रालयहरुलाई दिएको थियो । मन्त्रालय र विज्ञसँगको छलफलपछि सीसीएमसीले बनाएको ‘स्मार्ट लकडाउन’कै मोडल अनुसार प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञा खुकुलो बनाएका हुन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स