काठमाडौँ । दुई दिन केही कम भएको वर्षा आज आइतबार देखि फेरि बढ्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मञ्जु बासीका अनुसार आज आइतबार र भोलि ९सोमबार० वर्षाको मात्रा बढ्ने देखिएको हो। यस क्रममा कतिपय स्थानमा धेरै भारी वर्षा हुने सम्भावना छ।
मौसमविदहरुका अनुसार यसपल्ट देशको पूर्वी क्षेत्रमा मनसुन बढी सक्रिय हुने देखिएको लुम्बिनी प्रदेशको पूर्वी भूभागसमेत बागमती प्रदेशदेखि पूर्व आज र भोलि निकै वर्षा हुने सम्भावना देखिएको छ। यसअघि मनसुन पश्चिमी क्षेत्र र विशेषगरी पहाडी भेगमा सक्रिय भएको थियो भने यसपटक देशको पूर्वी भेग र विशेषगरी तराई क्षेत्रमा बढी सक्रिय हुने देखिएको हो। मौसम पूर्वानुमान महाशाखाले आइतबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो देशका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।
प्रदेश १, प्रदेश २ तथा बागमती प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका एक वा दुई स्थानमा भने मेघगर्जनरचट्याङसहित भारी वर्षा हुने सम्भावना छ। बुलेटिनमा अगाडि भनिएको छ स् साथै प्रदेश १, प्रदेश २ तथा बागमती प्रदेशका एक वा दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ।
हेर्नुहोस्, महाशाखाले जारी गरेको आगामी ३ दिनको मौसम पूर्वानुमान
असार ६ गते आइतबार
दिउँसो स् देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, प्रदेश २ तथा बागमती प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जनरचट्याङसहित भारी वर्षा साथै प्रदेश १, प्रदेश २ तथा बागमती प्रदेशका एक वा दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ। राति स् देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, प्रदेश २ तथा बागमती प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जनरचट्याङसहित भारी वर्षा साथै प्रदेश १, प्रदेश २ तथा बागमती प्रदेशका एक वा दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ।
असार ७ गते सोमबार
दिउँसो स् देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, प्रदेश २ तथा बागमती प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जनरचट्याङसहित भारी वर्षा साथै प्रदेश १, प्रदेश २ तथा बागमती प्रदेशका एक वा दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ। राति देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश २ का एक वा दुई स्थानमा मेघगर्जनरचट्याङसहित भारी वर्षाको सम्भावना छ।
असार ८ गते मंगलबार
दिउँसो स् देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। लुम्बिनी प्रदेश तथा गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जनरचट्याङसहित भारी वर्षाको सम्भावना छ। राति देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। लुम्बिनी प्रदेश तथा गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जनरचट्याङसहित भारी वर्षाको सम्भावना छ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाका साथै प्रदेश १, प्रदेश २ तथा बागमती प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जनरचट्याङसहित भारी वर्षा साथै प्रदेश १, प्रदेश २ तथा बागमती प्रदेशका एक वा दुई स्थानमा धेरै भारी वर्षा हुने सम्भावना रहेकाले उक्त प्रदेशको पहाडी भूभागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, नदीनाला तथा खहरे खोलामा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन सबैमा अनुरोध छ।