24.1 C
Kathmandu
Friday, July 26, 2024
spot_img

तीन दिनदेखि काठमाडौंको फोहोर उठ्न छाड्यो: केही दिन घरमै व्यवस्थापन गर्न महानगरको अनुरोध

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले घरका फोहोर केही दिन घरमै व्यवस्थापन गर्न महानगरवासीलाई अनुरोध गरेको छ । लगातारको झरीका कारण नुवाकोटस्थित सिसडोल पुग्ने बाटो अवरुद्ध भएकाले तीन दिन यता काठमाडौँका सडकबाट फोहोर उठाउन नसकिएको भन्दै महानगरले यस्तो अनुरोध गरेको हो ।

महानगरपालिकाका प्रवक्ता ईश्वरमानसिंह डङ्गोलले बाटो बनाउने कार्य भइरहेको र केही दिनमै फोहोर व्यवस्थापन नियमित गरिने बताउनुभयो । सिसडोलमा १३ वर्षयता ३० लाख टन फोहोर सिसडोलमा व्यवस्थापन भइसकेको छ । अहिले वर्षाले बाटो बिग्रिएकोले फोहोर बोकेका ट्रक नुवाकोटको बाटोमै छन् ।

महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गीका अनुसार फोहोर व्यवस्थापनका लागि सफाइ मजदुर तथा नगरपालिकाको फोहोर व्यवस्थापन शाखा कटिबद्ध रूपमा लागि रहेका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स