26.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

मंसिर मसान्तसम्म लम्बियो आयात प्रतिबन्ध

काठमाडौं । सरकारले महँगा गाडी, मदिरा, मोबाइल र मोटरसाइकलको आयात प्रतिबन्धलाई निरन्तरता दिने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले चार प्रकारका वस्तुको पैठारीमा लगाइएको प्रतिबन्धलाई मंसिर मसान्तसम्म लम्ब्याउने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । मन्त्रिपरिषद्को सो निर्णय राजपत्रमा शुक्रबार नै प्रकाशित भएको छ ।

ढुकुटीमा विदेशी मुद्राको सञ्चिति माथिको दबाव कायमै रहेको अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकको रायपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले प्रतिबन्धलाई मंसिर मसान्तसम्म निरन्तरता दिन सिफारिस गरेको थियो ।

सरकारले ढुकुटीमा विदेशी मुद्राको सञ्चिती कम भएको भन्दै गत वैशाखमा १० प्रकारका वस्तुमा असार मसान्तसम्म आयातमा पूर्ण प्रतिबन्ध लगाएको थियो । उक्त प्रतिबन्धलाई थप कडाइ गर्दै सरकारले ३१ असारमा प्रतिबन्ध लम्ब्याएको थियो । तर, १४ भदौमा कुरकुरे, हिरा लगायतका ६ प्रकारका वस्तुको प्रतिबन्ध फुकुवा गर्दै गाडी, मोबाइल, मदिरा र मोटरसाइकल आयात प्रतिबन्धलाई यथावत राखेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स